टानद्वारा नयाँ ट्रेकिङ रुट सम्भाव्यता अध्ययन तथा म्यापिङ कार्यक्रमको तयारी
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) द्वारा
अगष्ट १९, २०१३ देखि काभ्रे जिल्लाको तिमाल क्षेत्र तथा सिन्धुली र काभ्रे
जिल्लाको सीमा क्षेत्र महाभारत पर्वतको आसपास क्षेत्रमा पदयात्रा र्माग
विकास गर्ने उद्देश्यका साथ एक्सप्लोरिङ र म्यापिङ कार्यक्रम गर्ने भएको छ ।
सो कार्यको लागि टानको द्वितीय उपाध्यक्ष अम्बर तामाङ तथा कार्य समितिका
सदस्य जनक पाण्डेको नेतृत्वमा सम्बन्धित जिल्लाबाट काठमाडौंमा रही देशको
विभिन्न भागमा पर्वतारोहण तथा ट्रेकिङ सञ्चालन गरिरहेका व्यवसायीहरु सहभागि
हुने टानले जनाएको छ । उक्त टोलीमा नक्सा विशेषज्ञ, भिडियो तथा फोटोग्राफर
र विशेषज्ञ लेखक पनि संलग्न रहने छन् ।
उक्त ट्रेकिङ खोज अध्ययन कार्यक्रमबाट मुलुककै ऐतिहासिक महत्व राख्ने पनौति शहरदेखि शुरु भई ३, ४ या ५ दिनको काभ्रे जिल्लाको तिमाल डाडाँ (नारायण स्थान) वा लुभुघाटसम्म को पदयात्रा ट्रेकिङलाई सोही क्षेत्रमा रहेको आठौं शताब्दीका बौद्ध गुरु पद्मसम्भव (गुरु रिन्पोक्षे) ले ध्यान गरेको गेलुङ ऊ, तुम्सुम् कु ढाक जस्ता धार्मिक महत्वको स्थलहरुको महत्व झल्कने गरी दी गे्रट बुद्धिष्ट मास्टर्स टे«ल नामाकरण गरिने बताइएको छ । त्यससंगै जोडेर वा छुट्टै राजधानीदेखि ऐतिहासिक सिन्धुली गढीसम्म बसमा गई त्यहाँबाट महाभारात पर्वत श्रृखलाको अग्ला चुचुरा, ठूलो गुँरासको जंगल र विभिन्न जात जातिको वस्तिहरु हुदै खोपासी वा त्यसको आसपासको क्षेत्रमा पुगेर टुङिने ८ देखि १० दिनसम्मको ट्रेकिङलाई महाभारत रोडोडेन्डोन टे«ल नामाकरण गरिने छ ।
दुवै पदयात्रा मार्गलाई यस अघि नै चल्तिमा रहेको शैलुङ क्षेत्रमा पर्ने अर्को रुटसंग जोडेर पनि ट्रेकिङ गर्न सकिन्छ । त्यसको लागि तिमाल लुभुघाट वा पनौतिबाट शुरु गरी अरनिको राजमार्गको मुडेमा टुङ्गिने वा तेसको विपरित मुडेमा शुरुगरी सैलुङ, भोलुङ, कात्तिके, चौबास आदि क्षेत्र हुदै लुभुघाट, तिमाल वा पनौतिसम्म नै पदयात्रा गरि टुङ्याउन सकिन्छ ।
ट्रेकिङको अलावा राजधानी नजिक रहेको हुदाँ र प्रख्यात सुनकोशी नदी क्षेत्रको आसपासमा एग्रो टुरिजमको रुपमा अर्गानिक खेतिपाती गरेर पनि पर्यटकलाई आकर्षन गर्न सकिने सम्भावना छ । सुनकोशीमा यस अघिदेखिनै रयाफ्टिङ चलिरहेको छ त्यसको साथै त्यहाँ माछा मार्ने फिसिङ पनि सञ्चालन गर्न सकिने र त्यसबाट पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । तिमाल क्षेत्रमै क्यानोनिङ समेत सञ्चालित भइरहेको हुदाँ ट्रेकिङको अलावा क्यानोनिङ पनि जोडेर पर्यटन पर्वधन गर्न सकिन्छ ।
सुनकोशी वारी—पारिको क्षेत्रबाट रातको समयमा ग्रह तारा अवलोकन गर्न अति उपयुक्त रहेको छ । विशेष खालका पर्यटक जस्तै अन्तरिक्ष, तारामण्डल, ग्रहको अवलोकन र अध्ययन गर्न चाहानेहरुका लागि डार्क स्काई डेस्टिनेशनको रुपमा पनि त्यो क्षेत्रलाई विकास र प्रर्वधन गर्न सकिन्छ ।
हालसम्म अन्यत्र नपाईने बौद्ध धर्मावलम्बीहरुका लागि आवश्यक हुने वुद्धिचित्त माला पनि यही क्षेत्रमा पाइने हुदाँ त्यसलाई प्रर्वधन, अध्ययन गर्ने लगायतको कार्यक्रम सञ्चालन गर्न सकिने देखिन्छ । उक्त क्षेत्र राजधानीबाट नजिक भएको हुदाँ जाना आउन सजिलो, सुरक्षित र तुलनात्मक रुपमा सस्तो गन्तव्यको रुपमा विकास गर्न सकिने टानको ठम्याइ छ । यहाँबाट हिमालयको पूर्वमा सगरमाथादेखि पश्चिम्मको अन्नपूर्ण क्षेत्रसम्म र तराईको मिथिला क्षेत्रसम्मको पनि अवलोकन गर्न सकिने हुदाँ अद्धितीय गन्तव्यको रुपमा विकास गर्न सकिने छ ।

No comments:
Post a Comment