खुम्जुङदेखि विश्व पर्वतारोहण महासंघसम्म (फोटो फिचरसहित)
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएका
शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी
आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण
गराइसक्नुभएको छ । दर्जनौं पर्यटकीय संघसंस्थामा आवद्ध भएर काम
गरिसक्नुभएका शेर्पाको अहिलेको आवद्धता र भूमिकालाई गन्ति गरेर साध्य छैन
शिखर पोष्ट संवादाता
काठमाडौं, १० भदौं । विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य आङछिरिङ
शेर्पा टुरिजम म्यान अफ दी इयर २०१३ अवार्डबाट सम्मानित हुनुभएको छ ।
वर्षभरीको उत्कृष्ठ पर्यटन व्यवसायीको रुपमा शेर्पाले उक्त अवार्ड प्राप्त
गर्नुभएको हो । उक्त अवार्ड गन्तव्य नेपालको नवौं वार्षिकोत्सवको अवसरमा आइतबार होटल
अन्नपूर्णमा आयोजित भव्य समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उडडयन
मन्त्री रामकुमार श्रेष्ठले प्रदान गर्नुभएको थियो ।



