Monday, August 26, 2013

टुरिजम म्यान अफ दी इयर २०१३ अवार्ड आङछिरिङ शेर्पालाई

खुम्जुङदेखि विश्व पर्वतारोहण महासंघसम्म (फोटो फिचरसहित)
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु प्राप्त गर्नुभएका शेर्पाले आफैले सगरमाथाको शिखर नचुमेपनि हालसम्म संयौ स्वदेशी तथा विदेशी आरोहीहरुलाई सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमालहरुको सफल आरोहण गराइसक्नुभएको छ । दर्जनौं पर्यटकीय संघसंस्थामा आवद्ध भएर काम गरिसक्नुभएका  शेर्पाको अहिलेको आवद्धता र भूमिकालाई गन्ति गरेर साध्य छैन 
शिखर पोष्ट संवादाता
काठमाडौं, १० भदौं । विश्व पर्वतारोहण महासंघका आठौं मानार्थ सदस्य आङछिरिङ शेर्पा टुरिजम म्यान अफ दी इयर २०१३ अवार्डबाट सम्मानित हुनुभएको छ । वर्षभरीको उत्कृष्ठ पर्यटन व्यवसायीको रुपमा शेर्पाले उक्त अवार्ड प्राप्त गर्नुभएको हो । उक्त अवार्ड गन्तव्य नेपालको नवौं वार्षिकोत्सवको अवसरमा आइतबार होटल अन्नपूर्णमा आयोजित भव्य समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रामकुमार श्रेष्ठले  प्रदान गर्नुभएको थियो ।

सगरमाथामा अवैध गतिविधि गर्नेहरु सरकारको निगरानीमा

शिखर पोष्ट संवादाता
काठमाडौं, भदौ ६
 विश्वको सर्वोच्च शिखर सगरमाथामा विनास्वीकृति विभिन्न गतिविधि गर्नेहरुको संख्या बढ्दै गएपछि सरकारले त्यसप्रति चासो देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले आरोहणसम्बन्धी गतिविधिको स्थलगत अनुगमन गर्न विषय विशेषज्ञसहितको टोली आधाशिविरमा खटाउने तयारी गरेको छ ।















 

ग्रेट हिमालय ट्रेलद्धारा पर्यटन प्रवर्धनका १० वटा क्लष्टर सञ्चालन

शिखर पोष्ट संवादाता
काठमाडौं, भदौ २
विश्वकै सबैभन्दा लामो पद मार्ग मानिएको ग्रेट हिमालय ट्रेलभित्र १० वटा क्लष्टर (भाग) बनाएर पर्यटन अभिवृद्धिका क्रियाकलाप सञ्चालन गरिने भएको छ । पर्यटन प्रवर्धनका लागि देशका विभिन्न पाँच हिमाली जिल्लामा कार्यरत द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले आफ्नो पहिलो चरणको कार्यक्रम समाप्तिसँगै घोषित क्लष्टर बारे जानकारी गराएको हो ।   

टानद्वारा नयाँ ट्रेकिङ रुट सम्भाव्यता अध्ययन तथा म्यापिङ कार्यक्रमको तयारी

शिखर पोस्ट सम्बादाता
  काठमाडौं, साउन ३२ 
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) द्वारा अगष्ट १९, २०१३ देखि काभ्रे जिल्लाको तिमाल क्षेत्र तथा सिन्धुली र काभ्रे जिल्लाको सीमा क्षेत्र महाभारत पर्वतको आसपास क्षेत्रमा पदयात्रा र्माग विकास गर्ने उद्देश्यका साथ एक्सप्लोरिङ र म्यापिङ कार्यक्रम गर्ने भएको छ ।

सोलुखुम्बुका चारवटा पर्यटकीय पदमार्ग अब गुगल अर्थमा

शिखर पोस्ट सम्बादाता
       साउन, ३१ 
सोलुखुम्बुका विभिन्न पाँचवटा पर्यटकीय पदमार्ग गुगल अर्थमा राखिने भएको छ । योङ स्टार क्लब र द ग्रेट हिमालय ट्रेल कार्यक्रमले सोलुखुम्बुका विभिन्न पाँचवटा पदमार्ग गुगल अर्थमा राख्ने भएको हो । सल्लेरी–काकु–बासा–खरिखोला खालिङ सांस्कृतिक पदमार्ग, जिल्लाको सल्लेरी–पिके–जुनबेसी पदमार्ग,  फाप्लु–मेरापिक–सोताङ–बुढीडाँडा हुँदै सल्लेरी